थारू समाचार
सांसद अरुण चौधरी पक्राउ प्रकरण : जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी
लखन चौधरी प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ।कारागार चलान गरिएका सांसद चौधरी विरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको दाबीसहित उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको तयारी गरिएको हो।
लखन चौधरीथारू कल्याणकारिणी सभा दक्षिण कोरियाले ब्रेन ह्यम्रेज भई उपचाररत अधिकारकर्मी सुशील चौधरीलाई आर्थिक सहयोग गरेको छ। थाकस दक्षिण कोरियाले चौधरीलाई ६४ हजार ९८८ रुपैयाँ सहयोग गरेको छ। थारू राष्ट्रिय साहित्य सम्मेलनमा थाकस दक्षिण कोरियाको तर्फबाट नेपालमा रहेका राजु चौधरीले उक्त रकम शेखर दहितलाई हस्तान्तरण गरेका थिए।
थारुवान संबाददाताबाँकेको राप्ती सोनारी गाउँपालिकामा थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले ठूलो भूमिका खेल्ने बताए। मन्त्री मोदीले सरकारले सबै जातजातिको भाषा र संस्कृति संरक्षणमा चासो दिएको उल्लेख गरे।
थारुवान संबाददाताप्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको थियो। २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र तत्कालीन थरुहट संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो।
थारुवान संबाददाताबाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ। कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश