थारू समाचार

कैलाली १ मा नागरिक उन्मुक्तिकी रञ्चिताको जित सुनिश्चित

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। पछिल्लो मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत पाएका छन्। दोस्रोमा कांग्रेसका पूर्वमन्त्रीसमेत रहेका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएर तेस्रो स्थानमा छन्।

थारुवान संबाददाता

दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी यसपटक पनि पराजित भएका छन्। पर्सा क्षेत्र नं ३ मा उनी एमालेका राजकुमार गुप्तासँग १५१ मतको झिनो अन्तरले पराजित भएका हुन्। बुधबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने चौधरीले २४ हजार १०१ मत पाएका छन् ।

थारुवान संबाददाता

मोरङको क्षेत्र नं. ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

बर्दिया क्षेत्र नम्बर १ (१) मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित भएका छन्। नेकपा एमालेका शालिकराम अधिकारीलाई १ सय १९ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।चौधरीले १७ हजार २६ र अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन्।

थारुवान संबाददाता

बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन्। चौधरी तीन हजार ६२० मतको मतान्तरले निर्वाचित भएका हुन्। चौधरीले १३ हजार ६०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार ९८९ मत पाएका छन्।

नागेन्द्र चौधरी

बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। उनले माओवादी उम्मेदवार सुरेश पन्थलाई १३६ मतले पराजित गरेका हुन्। चौधरी रेशम चौधरीका बुबा हुन्। चौधरीले २६ हजार ५२० मत पाए भने प्रतिद्वन्द्वी पन्थले २६ हजार ३८४ मत पाए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं‌ ३ मा क्लीन स्वीप गरेको छ। प्रनिधिसभातर्फ गंगा चौधरी विजयी हुँदा बुधबार अन्तिम मतपरिणामअनुसार सुदुरपश्चिम प्रदेशसभातर्फ दुवै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।

थारुवान संबाददाता

माओवादीका युवा नेता अमनलाल मोदीले झन्डै दोब्बर मतले अग्रता लिएका छन्। मोरङ क्षेत्र नं ४ मा उनले १९ हजार १३७ मतसहित अग्रता लिएका हुन्। दोस्रोमा एमाले रहेका छन्। एमालेका विनोदप्रसाद ढकाल १० हजार १९५ मत पाउँदै राप्रपाका रवि रिजालले १ हजार ११९ मत ल्याएका छन्।

थारुवान संबाददाता

सप्तरी क्षेत्र नं १ (१) मा एमालेका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। उनले ३२५१ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा माओवादी केन्द्रका बेचनप्रसाद चौधरी रहेका छन्। उनले ३११२ मत पाएका छन्।

थारुवान संबाददाता