थारू समाचार
बसले ठक्कर दिँदा साइकल सवार अतवारी चौधरीको मृत्यु
टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका-६ मिलनपुर शिविरका ४५ वर्षीय अतवारी चौधरी रहेको डीएसपी नविन राजा बुढाथोकीले बताए। साइकलमा सवार रहेका चौधरीलाई बिहान ९ बजे टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुप प्र ०१-००१-ख ३५८३ नम्बरको बसले ठक्कर दिएको थियो। बसको...
थारूवाननेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसदभित्रै अनसन बस्ने चेतावनी दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मोदीले हुलाकी राजमार्गको कटहरी खण्ड निर्माण हुन थालेको १० वर्ष हुन लाग्दासमेत सम्पन्न हुन नसकेको भन्दै यस विषयमा सभामुखबाट रुलिङ नभए सांसदमै अनसन बस्ने चेतावनी दिएका हुन्। उनले आफूले...
थारूवानथारू समुदायमा एउटा उखान छ, थारूहरू दुई किसिमका हुन्छन्: एउटा ‘दारू खाने थारू’ र अर्को ‘थारू खाने थारू’। दारू खाने थारूहरू दिनभरि आफ्नो काममा लाग्ने, मेहनत गर्ने र बेलुकी थकाइ मार्न केही प्याक दारू पिएर सुत्ने गर्छन्। तर, ‘थारू खाने थारू’हरू भने गाउँघरमा प्रचलित भनाइअनुसार बेरोजगार खालका हुन्छन्, जसले...
थारूवाननेपाल आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित भएका छन्। दुबईमा सम्पन्न महासंघको भेलाले मोरङ निवासी भागरथीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। उनी थारू कल्याणकारिणी सभा युएईको सभापति पनि हुन्। उनले आगामी २०२७ सम्मका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन्। विभिन्न जातीय संस्थाहरूको सहभागितामा आइतबार दुबईस्थित क्लब...
थारूवानकैलाली कारागारभित्र कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौथो दिन सोमबार तयार भएका छन्। प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले...
थारूवानथारू पत्रकार संघले संस्थाको मुखपत्र फुलरिया प्रकाशनलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ। चितवनको सौराहास्थित होटल भिष्टामा बसेको केन्द्रीय समितिको बैठकले केही वर्षयता अवरुद्ध भएको प्रकाशनलाई पुनः नियमित गर्ने निर्णय गरेको हो। बैठकले फोनिजको स्थापना दिवसमा संस्थागत रूपमा सक्रिय सहभागिता जनाउने निर्णयसमेत गरेको छ। संघीय समितिले काठमाडौंमा आयोजना गर्ने...
थारूवानकैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना पूर्णरूपले अझै साम्य हुन सकेको छैन । घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् । सोही कारण...
थारूवानपश्चिम नेपालमा बसोवास गर्ने थारू समुदायका महिलाहरूले मनाउने पर्व अष्टिम्कीको अवसरमा काठमाडौंमा चित्रकला कार्यशाला भएको छ। आसन्न अष्टिम्की पर्वको अवसरमा अग्रासन थारू महिला समाज, काठमाडौं र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अष्टिम्की चित्रकला कार्यशाला गोष्ठी भएको हो। पश्चिम नेपालका थारू समुदायका महिलाले कृष्ण जन्माष्टमीलाई अष्टिम्की पर्वका रूपमा मनाउने परम्परा...
थारूवानसुनागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका छन्। पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि चरम परिवारवादको आरोप खेपिरहेको बेला नाउपा संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका हुन्। उनले आफ्नो पार्टी आमजनताको आशु र पीडाबाट जन्मेको पार्टी रहेको...
थारूवानराजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारू महिला समाजको अगुवाईमा साउन ३१ गते अस्टिम्की पर्व मनाउन लागिएको हो। बुधबार भृकुटीमण्डपमा बसेको बैठकले काठमाडौंकाे बुद्धनगरस्थित क्वमलिटी ब्यांकेटमा अष्टिम्की पर्व मनाउने निर्णय गरिएको सो संस्थाका अध्यक्ष चम्पा चौधरीले बताइन्। चम्पा चौधरीकै संयोजकत्वमा मूल आयोजक समिति पनि बनाइएको छ। समितिमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश