थारू समाचार
मोहन थारूको मृत्यु प्रकरण : पोष्टमार्टममा देखियो शरीरको भित्रि भागमा चोट
करिब एक महिनाअघि जंगलमा मृत भेटिएका कोहलपुर नगरपालिका वडा नम्बर २ का मोहन थारूको मृत्यु प्रकरणको कोहलपुर प्रहरी अझै अनुसन्धानमै छ । कात्तिक १४ गते कोहलपुर-२ स्थित एक सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका थारूको पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका...
थारूवाननेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ राममणि पाण्डे, कुलबहादुर केसी, रत्न तिवारी श्रेष्ठ, घनश्याम चौधरी र महिलातर्फ सीता चौधरी (ए), सीता चौधरी (बी) तथा लक्ष्मी शर्मा निर्विरोध रूपमा चयन भए। त्यस्तै, निर्वाचन क्षेत्र...
थारूवानबर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका-११ विजयनगरकी ५९ वर्षीया गोपी थारूको मृत्यु भएको हो। घरनजिक रहेको काला बेलभार सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको बारबर्दिया नगरपालिका-११ का वडाध्यक्ष विजकुमार चौधरीले बताए। उनले भने, ‘वनमा घाँस काट्न गएकी गोपीको मृत्यु...
थारूवाननागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिन्ह जाँतो लिएर तीन पार्टी सहभागी हुने भएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले एकल चुनाव चिन्ह (जाँतो) लिएर चुनावमा सहभागी हुनका लागि दल दर्ता गराएका छन्। नाउपा नेपालका संरक्षक रेशम चौधरी, जसपाका राई र...
थारूवानअति विपन्न परिवारका लागि निर्माण गरिएका नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका-२ स्थित कोलर्हवा सामुदायिक ग्राममा निर्माण गरिएका ४० नयाँ घर सुनसरी जिल्लाको दक्षिणपूर्वी क्षेत्रका गरिब र विपन्न समुदायका भूमिहीन परिवारलाई मंगलबार हस्तान्तरण गरिएको हो । ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्ड नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय संस्था...
थारूवानकमलराज भट्ट/नयाँ पत्रिका साभार निर्वाचन आयोगले प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि ०७८ को जनगणनाअनुसार समानुपातिक सिट कोटा छुट्याउने गरी कानुन बनाउन गृहकार्य थालेको छ। नयाँ जनसंख्याको आधारमा समानुपातिकतर्फ प्रतिनिधित्व गराउनुपर्ने भएकाले निर्वाचन ऐनमै संशोधन गर्न आयोगले सरकारलाई पत्राचार गरेको छ। ऐनको दफा २८ र ६० ले समानुपातिक निर्वाचन प्रणालीमार्फत जनसंख्याको...
थारूवानभारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा नेपाल समूह सीमा परेको छ। आइसीसीले मंगलबारमा सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सीमा परेको हो। समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै समूह एमा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै समूह बीमा अष्ट्रेलिया, श्रीलंका,...
थारूवानकुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाएको छ। उज्यालो नेपालका एक नेताका अनुसार नाउपा नेताहरूसँग तीव्र छलफल भइरहेको छ। नाउपाका प्रदेश र स्थानीय तहमा निर्वाचित नेताहरूसँग छलफल भइरहेको ती नेताको दाबी छ। यसअघि नै नाउपाको कैलाली अध्यक्ष प्रदीप थारू उज्यालो...
थारूवानरेशम चौधरीको अभिभावकत्वमा गठित नागरिक उन्मुक्ति पार्टी नेपालको चुनावमा चिन्ह लिएर आगामी निर्वाचनमा भाग लिन अशोक राई र राजेन्द्र महतो सहमत भएका छन्। राई नेतृत्वको जनता समाजवादी पार्टी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले नाउपा नेपालको चुनाव चिन्ह चकिया (जाँतो) प्रयोग गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरेका छन्।...
थारूवानपूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे मध्यविन्दु नगरपालिका-७ चोरमारा उकालोमा कावासोतीबाट भैरहवा आउँदै गरेको प्रदेश २-०३-००१ ख ७१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश