थारू समाचार

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुवात गरेका छौं : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीको दुर्घटना बिमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुवात गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए। उनले भने, ‘आर्थिक...

थारूवान

दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो। उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो ।...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताएका छन्। आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरूरी रहेको बताए। उनले सबैतिरबाट लालच राख्यो...

थारूवान

संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ। आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेसी, जनजातिलगायत पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए। लोकतान्त्रिक समाजवादी...

थारूवान

थारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले कानुनविपरीत हाजिरी गर्न नदिएको आरोप लगाएकी छन्। निजी कामपछि बुधबारदेखि कार्यालयमा उपस्थित भइसक्दा पनि कावा अध्यक्ष थारूले हाजिरी गर्न रोक लगाएको उनको आरोप छ। ‘म बुधबारदेखि कार्यालय उपस्थित भइरहेकी छु। कार्यालय आएपछि मैले हाजिरी गर्न त पाउनुपर्‍यो। उहाँ को...

थारूवान

थारू आयोगमा दुई जना पदाधिकारीबीच लफडा भएको छ। कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र सदस्य शान्ति मोदीबीच लफडा सुरू भएको हो। हाजिरीको विषयमा उनीहरूबीच द्वन्द्व सुरू भएको हो। कावा अध्यक्ष सुबोधले जानकारी बिना महिनौं बेपत्ता भएपछि सदस्य मोदीसँग सोधपुछ गरेका थिए। तर, बिदाको समयमा पनि सदस्‍य मोदीले हाजिरी गर्न...

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारूहरू सोझो भए पनि उनीहरूमाथि हुने अत्याचार सैह्य नहुने बताएका छन्। पार्टी कार्यालय सानेमा थारू विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। ‘जस्तो अप्ठ्यारो अवस्था आए पनि थारूहरू देशप्रति सधैं इमान्दार रहन्छ। थारू समुदायको चरित्र नै लोकतान्त्रिक छ। थारूको संस्कृति, परम्परा...

थारूवान

खेलकुदमन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको बताएका छन्। शुक्रबार सिंहदरबारमा आफ्नो एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै मन्त्री चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको जानकारी दिए। उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद नीति, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई...

थारूवान

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले असार १९ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले बिहीबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। उनले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीको समेत १ गरी ३० मत पाए। नाउपाका ६ जना...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। बिहीबार काठमाडौंमा बसेको भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष चयन गरेको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा एवं प्रतिनिधिसभा सदस्य हुन्। अध्यक्ष चयन भएपछि चौधरीले पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने बताए। उनले पार्टीभित्र...

थारूवान
1 29 30 31 32 33 239