विशेष

३० प्रतिशत थारुलाई अन्याय

रेनुका चौधरी नेपालमा थारुहरुको बसोबास पूर्व झापादेखि पश्चिम महाकालीसम्म रहेपनि भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १६ पन्ने प्रतिवेशन बुझाएका छन्।

रेनुका चौधरी

संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ। आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव अवस्थीले हस्तान्तरण गरेका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेस शुक्रबारदेखि १४औँ महाधिवेशनमा होमिएको छ। कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली वेवसाइटमार्फत सार्वजनिक गर्दै वडा अधिवेशनको आह्वानसमेत गरेको छ। जसमध्ये केही जिल्लामा अधिवेशनसमेत सम्मपन्न भएको छ।

थारुवान संबाददाता

भदौ १२ देखि १५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहितका पदाधिकारी छान्न असफल योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले २०४ जना केन्द्रीय सदस्य सार्वजनिक गरेको छ। यसअघि वाइएसीएलका अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले इन्चार्जका रुपमा विज्ञप्ति निकालेर २०४ जना केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेका हुन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कञ्चनपुरको इन्जार्जको जिम्मेवारी देवी लाल चौधरीलाई सुम्पेका छन्। कैलालीबाहेक कहीँ पनि थारु नेताहरुलाई जिम्मेवारी नदिएको प्रचण्डले देवीलाल चौधरीलाई भने किन कञ्चनपुरको इन्चार्ज बनाए? यो प्रश्नको सजिलो उत्तर हो, आइपर्दा बुहारी बिना मगरलाई साथ दिन।

थारुवान संबाददाता

करिब डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रिपरिषद् विस्तार गर्न आज प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। भेटवार्तामा सकेसम्म भोलि नै वा नसके केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।

थारुवान संबाददाता

प्रदेश १ को रामधुनी-भासी नगरपालिका अवस्थित झुम्कामा रहेको म्याजिक सिनेमा हल आगलागीबाट पुर्णरुपमा क्षति भएको छ। चलचित्र निर्माता, निर्देशक तथा कलाकारसमेत रहेका पर्शुराम चौधरीले आगलागीबाट झन्डै २ करोडको क्षति भएको बताए। चलचित्र प्रोजेक्सन गर्ने कन्ट्रोल रुमबाट बिजुली सट हुँदै सुरु भएको आगोले चौधरीको दुबै हातसमेत पोलेको थियो।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रले हालसालै स्थानीयदेखि केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। तर थारु नेताहरुलाई ठूला जिम्मेवारी नदिएको भन्दै केही नेताहरु असन्तुष्ट भएका छन्।

थारुवान संबाददाता

महन्थ ठाकुर नेतृत्वको पार्टीमा एक थारु महिला पनि कार्यकारिणी सदस्य चुनिएकी छन्। निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि महन्थ समूहले यसअघिको सूचीमा ७ जना महिलाको नाम थपेको छ। जसमा कैलालीकी प्रेमा थारु कार्यकारिणी सदस्य चुनिएकी छन्।

थारुवान संबाददाता

थारु भाषाको मानकीकरणका लागि थारु भाषाको मानक लेखन निर्देशिका तयार भएको छ। थारु आयोगले भक्तपुरको बोडेमा आयोजना गरेको चार दिने गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै निर्देशिका तयार पारेको हो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका भाषा विशेषज्ञ प्राडा. दानराज रेग्मी र डा. नेत्रमणि दुमी राईको निगरानीमा निर्देशिका तयार भएको हो।

थारुवान संबाददाता
1 21 22 23 24 25 29