विशेष

दानवीर हेमनारायण चौधरी, जसले प्रशासनिक भवन बनाउन इटहरीमा तीन बिघा जग्गा दान गरे

इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी-४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा उपमहानगरले बिहीबार शोक विदा दियो। उपमहानगरपालिका परिसरमा बिहान शोकसभा गरेर उपमहानगरका कार्यालय र वडा कार्यालयलाई विदा दिइएको थियो।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसमध्ये ३ जना खुलाबाट र ९ जना थारु कोटाबाट केन्द्रीय सदस्यमा बनेका हुन्। खुलातर्फ नेपबहादुर चौधरी, इन्द्रजीत थारु र वीरमान चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

थारुवान संबाददाता

नेकपा (माओवादी केन्द्र)को प्रथम सुदूरपश्चिम सम्मेलन सम्पन्न भएको छ। धनगढीमा ४ दिनसम्म चलेको सम्मेलनले पदाधिकारी चयन नगरी २ सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो। कञ्चनपुरबाट प्रदेश कटिमीका सदस्य चयन गर्दा विवाद भएपछि चार जना पहिलो बैठकबाट थप गरेर २ सय २३ सदस्यीय कमिटी बनाइने माओवादी सुदूरपश्चिमले जनाएको...

थारुवान संबाददाता

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले पार्टीभित्र देखिएको अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीविरुद्ध आवाज उठाएकी छन्। हालसालै सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यमा मनोमानी र एकपक्ष ढंगले अध्यक्ष ओलीले मनोनित गरेकोप्रति नेतृ चौधरीले चर्को विरोध जनाएकी हुन्।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभाले शुक्रबार राति कांग्रेसको १४औं महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला आयोजना गर्‍यो। भेलामा ६० बढी प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रममा सहमहामन्त्री र केन्द्रीय सदस्यहरुका आंकाक्षीहरुसमेत सहभागी थिए। सबैले आ-आफ्नो उम्मेदवारी प्रस्तुत गरेका थिए। सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले कांग्रेसमा आफ्नो ठूलो योगदान रहेको र लामो समय जेलमा समेत बसेको...

थारूवान

रेशम चौधरी इन्द्रैलाई चाहिने पुष्पबाटीका, अप्सराले घेरिएको महादेव मगन भई धतुरोमा, नागले बेरिएको लङ्कैजल्दा पनि रावणलाई, सुनकै सिंहासनको चिन्ता भेद खोलेर भाइ मार्ने विभिषणलाई, केको बोध हिनता ? इतिहास सजिलै परिवर्तन हुँदैन । दुइचार दशकीय परिवर्तनले समाजलाई खासै फरक पनि पार्दैन ।

रेशम चौधरी

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्।

थारुवान संबाददाता

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा थारु नेता राजकुमार लेखीको चर्चा हुन थालिएको छ। गत असोज १४ गते लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखीले एमाले विधान महाधिवेशनमै गत १७ असोजमा एमाले प्रवेश गरेका थिए।

थारुवान संबाददाता

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका-१० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)ले नेपालमा जारी राष्ट्रिय जनगणनामा थारुहरुले धर्ममा बौद्ध लेख्न परिपत्र गरेपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ। कतिपयले धर्म स्वेच्छिक हुनुपर्ने बताइरहेका छन् भने धेरैले थारुहरु प्रकृतिक पूजक हो भनी थाकसको विरोध गरिरहेका छन्। आखिर किन थाकसले थारुहरु बौद्ध धर्म मान्छन् भनी परिपत्र गर्‍यो?

थारुवान संबाददाता
1 19 20 21 22 23 29