बर्दियाको कुनै पनि क्षेत्रमा सिफारिसमा परेनन् गोपाल दहित

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहित आगामी निर्वाचनका लागि कुनै पनि क्षेत्रमा सिफारिस नपरेको बर्दियाका एक नेताले जानकारी दिएका छन्। बर्दिया क्षेत्र नं २ बाट प्रवल आकांक्षी रहेका उनलाई क्षेत्रीय समितिले सिफारिस नगरेको हो।

बर्दिया २ का लागि सहमहामन्त्री किशोर सिंह राठौर र प्रधानमन्त्री पत्नीसमेत रहेका आरजु राना देउवाको नाम सिफारिस भएको बताइएको छ।

स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै जिल्लाको अनुशासन समितिले डा. दहितलाई कारबाही सिफारिस गरेको थियो। डा. दहितले राजनीतिक प्रतिशोध साँध्न आफूलाई कारबाही गरेको बताएका थिए। निर्वाचनका लागि उनी कुनै पनि क्षेत्रमा सिफारिसमा नपरेपछि उक्त कुरा सत्य सावित भएको उनी निकट नेताहरुले बताए।

त्यस्तै प्रदेशसभा भने उनी निकट मानिएका मिनराज चौधरी प्रत्यक्षतर्फ सिफारिसमा परेका छन्। उनी बर्दिया क्षेत्र २ (ख)का लागि सिफारिसमा परेका हुन्।




One thought on “बर्दियाको कुनै पनि क्षेत्रमा सिफारिसमा परेनन् गोपाल दहित

  1. डा. गोपाल दहित लाई नेपाली कांग्रेसले कुनैपनि क्षेत्रबाट सिफारिश नगर्नुको मतलब
    तत्कालिन नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस एकीकरण नभएको प्रमाण हो ।
    व्याकिगत स्वार्थपुर्तिकोलागि गच्छदार फोरमका पिछलग्गु कार्यकर्तालाई लिएर कांग्रेस
    पसेको नेपाली कांग्रेसले प्रमाणित गरेको छ ।

Leave a Reply to Jayant Kumar Singh Cancel reply

Your email address will not be published. Required fields are marked *