छात्रवृत्ति पाएका थारू विद्यार्थीहरूलाई रकम हस्तान्तरणका लागि विवरण उपलब्ध गराउन टीएफएको आह्वान
अमेरिकी थारुहरुको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले सन् २०२६ सत्रका लागि छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग विस्तृत विवरण माग गरेको छ। छात्रवृत्ति वापतको रकम हस्तान्तरणका लागि टीएफएले विद्यार्थीको बैंक खातासहित व्यक्तिगत विवरण माग गरेको हो।
टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले रकम हस्तान्तरण गर्नुपर्ने भएकाले विद्यार्थीहरूको बैंक खातालगायतका विवरणहरू माग गरिएको बताए। उनले छिटोभन्दा छिटो विवरण उपलब्ध गराउन छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई आग्रह गरे।
टीएफएले यसपटक २९ जना थारू विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको थियो। टीएफएका सचिव ज्ञानेन्द्र चौधरीका अनुसार अनुसार छात्रवृत्ति पाउनेमध्ये ९ जना स्नातक तहका, १४ जना उच्च माध्यमिक (१०+२) तहका र ६ जना ‘नेम्ड स्कलरशिप’ अन्तर्गतका विद्यार्थी रहेका छन्। स्नातक तहका विद्यार्थीलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ, उच्च माध्यमिक तहका विद्यार्थीलाई २० हजार रुपैयाँ र ‘नेम्ड स्कलरशिप’ अन्तर्गतका विद्यार्थीलाई ३५ हजार रुपैयाँ प्रदान गरिनेछ।
यस वर्ष टीएफएले कूल ७ लाख ६० हजार रुपैयाँ छात्रवृत्ति वितरण गर्ने जनाएको छ। छात्रवृत्तिका लागि देशभरका उच्च माध्यमिक तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट आवेदन प्राप्त भएको थियो। छनोट प्रक्रियामा विद्यार्थीको शैक्षिक उपलब्धि र आर्थिक अवस्थालाई मुख्य आधार बनाइएको संस्थाले जनाएको छ।
टीएफएले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका थारु समुदायका प्रतिभाशाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो छात्रवृत्ति प्रदान गर्दै आएको छ।
यी हुन् छात्रवृत्ति पाउने थारू विद्यार्थीहरू

Facebook Comment