नाउपा नेपालको बैठकमा पार्टी एकतासहित विभिन्न एजेण्डामा छलफल
नागरिक उन्मुक्ति पार्टी नेपालले पार्टी एकीकरणको एजेण्डासहितका निर्णयहरू पारित गरेको छ। काठमाडौंको सिनामंगलमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले संगठन विस्तारलगायतका निर्णय पनि गरेको छ।
नाउपा नेपालका एक नेताका अनुसार असारभित्र जिल्ला सम्मेलन गर्नुपर्ने, क्रियासिल सदस्य लिएर नेताहरू गाउँ गाउँ जानुपर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले पार्टीको एजेण्डा मिल्ने दलहरूसँग पार्टी एकता गर्ने निर्णय पनि गरेको छ। स्रोतका अनुसार नाउपा नेपालका संरक्षक रेशम चौधरीसँग हर्क साम्पाङ, कुलमान घिसिङलगायतले पार्टी एकताका लागि लबिङ गरिरहेका छन्।
त्यस्तै पार्टीको अर्को केन्द्रीय कार्यसमितिको बैठक जेठ १५ र १६ गते बस्नेछ।
Facebook Comment