झुम्की प्रोडक्सन्सको ‘जिन्गी के डगर’ सार्वजनिक
झुम्की प्रोडक्सन्सले थारू गीत ‘जिन्गी के डगर’ सार्वजनिक गरेको छ। अरुण आर्यन चौधरीको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियो सेबिल इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरिएको छ। भिडियो नेपालका विभिन्न पर्यटकीय तथा सांस्कृतिक स्थलमा छायाङ्कन गरिएको छ। लाहान, पोखरा, मुस्ताङ र जोमसोमका दृश्य भिडियोमा समेटिएका छन्।
गीतमा गायक विवेक चौधरी र गायिका अन्नु चौधरीको स्वर रहेको छ। शब्द तथा सङ्गीत विवेक चौधरीकै रहेको छ भने सङ्गीत संयोजन गणेश चौधरीले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन्।
निर्देशक शिव चौधरीको निर्देशनमा तयार भिडियोमा मधु चौधरी र नवनित चौधरीले अभिनय गरेका छन्। छायाङ्कन रमेश चौधरीले गरेका हुन्।
झुम्की प्रोडक्सन्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
Facebook Comment