प्रहरी स्रोत भन्छ- निशा चौधरी र उनका पति निरन्जन केसीबीच समस्या थियो

प्रहरी प्रभाग साँखुको महिला व्यारेकमा मृत फेला परेकी प्रहरी जवान निशा चौधरी केही सातायता पारिवारिक तनावमा रहेको र सोही कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । बुधबार विहानको खाना खान व्यारेक फर्किएकी २३ वर्षीया चौधरीले सिलिङ पंखामा पासो लागि ज्यान गुमाएकी थिइन् ।

एक महिनादेखि उनी त्यहाँ सञ्चालित शालिनदी महोत्सवका निम्ति थप मद्दत टोलीमा सामेल भई खटिएकी थिइन् । उनी प्रहरी बृत्त गौशालामा कार्यरत थिइन् । वरिष्ठ सई विजय पौडेलको कमान्डमा त्यहाँ गएकी थिइन् ।

प्रहरीस्रोतका अनुसार दुबईमा रहेका उनका पति निरन्जन केसी र उनीबीच केही न केही समस्या थियो । त्यही तनावमा उनले केही दिन पहिले भावुक टिकटक बनाउँदै ’मलाई माफ गर आमा’ भन्ने शब्द उल्लेख गरेकी थिइन् ।
व्यारेकमा सँगै बस्ने अन्य महिला प्रहरीसँग उनी खुलेर बोल्ने गर्दैन थिइन् । अन्य सहकर्मीले खाना र खाजा खाने ठाउँमा उनी जान रुचि राख्दिन थिइन् । ’टिकटक हेरेपछि नै केही न होला भन्ने लागेको थियो’, सहकर्मी प्रहरीले भनिन्, ’व्यक्तिगत कुरा धेरै सोधखोज गर्न मिलेन, आज मृत्युको खबर सुन्नुपर्‍यो ।’ -नेपाल प्रेसबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *