थारू पहिरनमा सजिइन् परराष्ट्रमन्त्री राणा, भनिन्- विदेश भ्रमणमा जाँदा पनि थारू पोसाक लगाउँछु

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोसाक लगाएर जाने बताएकी छन्। नेपाली कांग्रेस थारू विभाग र नेपाल थारु संघ कैलालीको संयुक्त आयाोजनामा शनिबार कैलालीको कैलारीमा भएको प्रथम कैलाली जिल्ला भेलामा बोल्दै उनले नेपालीको पहिचान भनेको बहुल साँस्कृतिक भएकोले अब विदेश जाँदा थारू पोसाक लागाएर जाने बताइन्।

‘नेपाल बहुँसांस्कृतिक देश हो। यहाँ विभिन्न जातजातिको बसोबास छ। हामीले सबैको संस्कृतिलाई संरक्षण र सम्मान गर्नुपर्छ। म सबैको पोसाक लगाउने प्रयास गर्छु,’ उनले भनिन्। उनले थारू जातजातिको हकहितमा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। उनले २०५७ सालमा कमैया प्रथा उन्मुलनमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलेको भूमिकाको समेत स्मरण गरिन्।

थारू जाति संस्कारी र इमान्दार भएको बताउँदै मन्त्री देउवाले थारू जातिको हक र अधिकारमा नेपाली कांग्रेस सधैं तत्पर रहेको दोहोर्‍याइन्। उनले थारू समुदायमा ठूलो समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोग निवारणमा समेत नेपाल सरकारले पहल गरिरहेको बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *