पार्टी कार्यालयमै खेलकुदमन्त्री चौधरीलाई देखाइयो कालो झन्डा

खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झन्डा देखाइएको छ। सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झन्डा देखाउँदै राजीनामा माग गरेका हुन्।
ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झन्डा देखाएका हुन्।
उनीहरूले ‘खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद’को नारा लगाएका थिए। संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए।
Facebook Comment