थारू शहीद परिवारसँग प्रचण्डले खाए ढिकरी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका शिवचरण थारूको परिवारसँग भेटघाट गरेका छन्।

माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानअन्तर्गत बर्दियाको जगतियास्थित उनकै घर पुगेर प्रचण्डले भेटघाट गरेका हुन्। भेटका क्रममा प्रचण्डसहितको अभियान टोलीले उनको परिवार स्थानीय जनतासँग बसेर थारू समुदायको पारम्परिक खाजासमेत खाएको उनको सचिवालयले जनाएको छ।

उनले कमलको पातमा पस्किएको ढिग्री (चामलको विशेष परिकार)को स्वाद लिएका हुन्। यसअघि समाजवादी मोर्चाले गत चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा गरेको वृहत् जनप्रदर्शनको तयारीका लागि भन्दै माओवादीले अभियान केही दिनको लागि स्थागित गरेको थियो। अहिले पुन: अभियान सुरू गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *