‘वरिष्ठ नेता’ पदमा सहमति जुटे लक्ष्मण थारू पार्टीमा फर्किने

नागरिक उन्मुक्ति पार्टीमा निष्क्रिय बनेका नेता लक्ष्मण थारूले पार्टीमा फर्किने तयारी गरेका छन्। नाउपा र जनमतबीच पार्टी एकता हुने तयारी भइरहेका बेला लक्ष्मणले पार्टीमा सक्रिय हुने तयारी गरेका हुन्।

उनी निकट नेताका अनुसार लक्ष्मणले एकतापछि बन्ने पार्टीमा वरिष्ठ नेता बन्नुपर्ने माग गरेका छन्। उनले रेशम चौधरी र सीके राउतलाई समेत यो विषयमा जानकारी गराएको उनी निकट नेताको दाबी छ।

लक्ष्मण चौधरी स्वयंले पनि फेसबुकमा स्टाट्स राखेर वैशाख १७ गते पार्टी एकता समारोहमा सहभागी हुने बताएका थिए। ‘एकता राम्रो मात्रै होइन, धेरै राम्रो हो। म नि आउँछु पक्का घोषणा सभामा,’ उनले फेसबुकमा भनेका छन्।

नाउपाकै केन्द्रीय सचिव तुल्सी चौधरीले पनि यो विषय साँचो रहेको बताए। ‘हो, उहाँ सम्मानजनक पदमा फर्किन चाहनुभएको छ। उहाँले वरिष्ठ नेता बन्न इच्छु देखिनुभएको छ,’ थारुवानसँग उनले भने। रेशम र सीकेले भने यस विषयमा कुनै निर्णय गर्न सकेका छैनन्। लामो समयदेखि निष्क्रिय रहेका लक्ष्मणलाई राख्ने कि नराख्ने विषयमा आन्तरिक छलफल भइरहेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *