आतंकवादविरुद्ध नेपाल र भारतका थारूहरू एक भएर उभिने

थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनले आतंकवादविरुद्ध उभिने निर्णय गरेको छ। जनकपुरमा चलेको दुई दिने सम्मेलनले आतंकवादको कुनै पनि घटना स्वीकार्य नहुने निर्णय गरेको हो।
नेपाल र भारतका थारुहरु सहभागी रहेको सम्मेलनले गत २२ अप्रिलमा पहलगाममो भएको घट्नाको निन्दा पनि गरेको छ। सम्मेलनले नेपाल-भारत सीमा क्षेत्रमा हुनसक्ने आतंकवादी घुसपैठलाई निगरानी पनि गर्ने प्रतिवद्धता जनाएको छ।
‘२२ अप्रील २०२५ भारतीय भूमी काश्मीरको पहलगाममा आतंकी हमला गरी निर्दोष २६ जनाको हत्या गरेको सन्दर्भमा आतंकवादको कुनै पनि घटना स्वीकार्य छैन। उक्त घटना खेदपूर्ण रहेको ठहर गर्दै आगामी दिनमा समेत यस खाले घटनाको निन्दा गर्नेछौं,’ घोषणा पत्रमा भनिएको छ, ‘भारतीय सीमा वारपार बसोबास गर्दै आएका थारु यस क्षेत्रको सुरक्षामा आफैं तैनात भई जुन कुनै आतंकी हमलाविरुद्ध खडा रहने वचनवद्ध छौं। साथै थारुको बसोबास रहेका नाकाबाट भइरहने आतंकवादी घुसपैठलाई नियन्त्रण एवं निगरानी गर्न सिंगो सामाजिक संरचनामार्फत पहलकदमी लिनेछौं।’
त्यस्तै नेपाल र भारतका थारुहरुको भाषिक, साँस्कृतिक, मनोवैज्ञानिक एवं ऐतिहासिक पृष्ठभूमिलाई थारु अन्तर्राष्ट्रिय महासभामार्फत सम्बर्द्धन र विकास गर्ने प्रतिवद्धता जनाइएको छ।
यस्ता छन् घोषणा पत्र
१- २२ अप्रील २०२५ भारतीय भूमी काश्मीरको पहलगाममा आतंकी हमला गरी निर्दोष २६ जनाको हत्या गरेको सन्दर्भमा आतंकवादको कुनै पनि घटना स्वीकार्य छैन भनि हामी नेपाल र भारतका थारू सम्मिलित संस्था थारु अन्तर्राष्ट्रिय महासभा घोषणा गर्दछौं। साथै उक्त घटना खेदपूर्ण रहेको ठहर गर्दै आगामी दिनमा समेत यस खाले घटनाको निन्दा गर्नेछौं।
२- भारतीय सीमा वारपार बसोबास गर्दैआएका थारु यस क्षेत्रको सुरक्षामा आफैं तैनात भई जुन कुनै आतंकी हमलाको विरुद्ध खडा रहने वचनवद्ध छौं। साथै थारुको बसोबास रहेका नाकाबाट भइरहने आतंकवादी घुसपैठलाई नियन्त्रण एवं निगरानी गर्न सिंगो सामाजिक संरचनामार्फत पहलकदमी लिनेछौं।
३- नेपाल र भारतका हामी थारु भाषिक, साँस्कृतिक, मनोवैज्ञानिक एवं ऐतिहासिक पृष्ठभूमि र साझा भूगोलमा एक मत बन्दै थारु अन्तर्राष्ट्रिय महासभामार्फत सम्बर्द्धन र विकास गर्न समन्वयकारी भूमिका निर्वाह गर्न अग्रसर हुन्छौं।
४- अन्तर्राष्ट्रिय कानुन विशेषतः आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ लगायतका अन्य महासन्धि, अभिसन्धिमा उल्लेखित विभिन्न अधिकार प्रत्याभूत गर्न पहल, लविङ्ग निरन्तर गर्नेछौं ।
५- थारुको मौलिक ज्ञान, परम्परा, कानुनी बहुलता लगायत विश्वदृष्टिबारे ठोस अनुसन्धान गर्न एक साँस्कृतिक अनुसन्धान केन्द्र स्थापना आवश्यक देखिएकाले दुवै देशको सरकारसँग पहल गर्ने भयौं। परियोजना अगाडि बढाउन यो महासभा प्रयासरत छन्।
६) थारु अन्तर्राष्ट्रिय महासंघको नेपाल च्याप्टर गठन गर्न निर्णय पारित गरिएको र तदर्थ समितिका संयोजकमा श्री श्रवण थारु रहने निर्णय सर्वसम्मतिले पारित भएको जानकारी गराउँदछौं।
Tharu anterrastriya Maha Sava le cultural program ka Sath sathai Anya sipmulak, sasaktikaran, chhamta bikas jasta karyakram ka lagi budget ko byastha garnu paryo