एसईईमा विशिष्ट श्रेणीमा पास हुने थारू विद्यार्थीलाई थाविसले गर्दैछ सम्मान

थारू विद्यार्थी समाजले एसईईमा विशिष्ट श्रेणीमा पास भएका थारू विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको २०८१ को एसईई परीक्षामा विशिष्ट श्रेणी ल्याउने थारू विद्यार्थीहरूलाई काठमाडौंमा सम्मान गर्न लागिएको समाजका अध्यक्ष विमल चौधरीले बताए।
उनका अनुसार समाजको उपत्यका समितिको आयोजना सम्मान कार्यक्रम आयोजना गरिनेछ। समाजले सम्मानित हुनका लागि थारू विद्यार्थीहरूका लागि गुगल फर्म खुलाएको छ। विशिष्ट श्रेणी ल्याएका इच्छुक विद्यार्थीहरूले उक्त गुगल फर्म भरेर सम्मानका लागि आवेदन दिन सक्नेछन्।
समाजले त्यसका लागि हटलाइन नम्बर पनि उपलब्ध गराएको छ। कुनै समस्या भए उत्तीर्ण थारू विद्यार्थीले समाजका पदाधिकारीहरूको मोबाइल नम्बर ९८१६७३२५००, ९८०२३३८५०२, ९८२३०३६६७५, ९८६६२०१५८९, ९७४८३०९८५९, ९८१५७१९०६० सम्पर्क गर्न सक्नेछन्।
अध्यक्ष विमलले थारू विद्यार्थी समाजले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नियमित सम्मान गर्दै आएको बताए। उनले यसपटक सकेसम्म धेरै विद्यार्थीहरूलाई सहभागी गराइने बताए। ‘देशभरिबाट राम्रो नतिजा ल्याउने थारू विद्यार्थीहरूलाई सम्मान गर्न चाहेका छौं। देशभरिका थारू विद्यार्थीहरूले गुगल फर्म भरेर सम्मानका लागि दाबी गर्न आह्वान गर्दछु,’ थारूवानसँग उनले भने। उनले समाज थारू विद्यार्थीहरूको साझा संगठन भएको र सम्मानको माध्यमबाट अहिल्यैदेखि थारू विद्यार्थीहरूलाई एकीकृत लैजाने प्रयास रहेको बताए।
समाजले साउन १० गते कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलमा सम्मान कार्यक्रम राख्ने निर्णय गरेको छ।
यहाँबाट गुगल फर्ममा आवेदन दिन सक्नुहुनेछ।
Facebook Comment