थारू दाजुभाइ नै जब अधिकृत सातौं तहको अन्तिम छनौटमा पुगे

कोशी प्रदेश लोकसेवा आयोगको कृषि सेवाअन्तर्गत सातौं तहको अन्तिम छनौटमा दाजुभाइ नै पुगेको विषयले चर्चा पाइरहेको छ। स्थानीय कृषि सेवा लो.पो. एन्ड डे.डे समूहको अधिकृतस्तरको सातौं तहमा एक जनाका लागि माग गरिएको थियो।

उक्त पदको लिखित परीक्षा पास गरी अन्तर्वार्तामा दाजुभाइ नै पुग्न सफल भएका थिए। आयोगका अनुसार सिहराको लहान नगरपालिका-१५ का नागेन्द्र प्रसाद चौधरी र सीता चौधरीका छोराहरू डा. नीमेश चौधरी र राकेश चौधरी अन्तर्वार्ताका लागि छनौट भएका थिए।

अन्तर्वार्तापछि आयोगले डा. नीमेशलाई उक्त पदमा सिफारिस गर्‍यो भने राकेशलाई वैकल्पिक उम्मेदवारको रूपमा राख्यो। अर्थात् भाइ नीमेशले नाम निकाल्न सफल भए भने दाजु राकेश वैकल्पिकमा सिफारिस भए। नीमेशको नाम निस्किएपछि राकेशले सामाजिक सञ्जालमार्फत् नीमेशलाई बधाइ पनि दिएका छन्।

 




One thought on “थारू दाजुभाइ नै जब अधिकृत सातौं तहको अन्तिम छनौटमा पुगे

  1. अलिक गलत भएछ सूचनामा तपाईं हरु माझ भाई यानी मा डा. निमेश चौधरी चाहिँ सिफारिस भएको हो वैकल्पिक चाहिँ दाजु हुनु भयो । unfortunately
    धन्यबाद है tharu.com लाई समाचारमा छापिने अवसर को लागि

Leave a Reply to neemesh chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *