राजनीतिक अस्थिरताबीच तिब्बतमा सी जिनपिङको शक्ति प्रदर्शन
सन् २०२५ अगस्ट २० मा, चिनियाँ राष्ट्रपति सी जिनपिङले तथाकथित तिब्बत स्वायत्त क्षेत्र (TAR) स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसरमा ल्हासा भ्रमण गरे। सन् २०२१ पछि तिब्बतमा यो उनको दोस्रो आधिकारिक भ्रमण हो। यस भ्रमणको बहुआयामिक सन्देश थियो, तिब्बतमाथि चीनको नियन्त्रण पुष्टि गर्नु, भारततर्फ कूटनीतिक चेतावनी दिनु, र बेइजिङभित्र देखा परेका आफ्नै राजनीतिक कमजोरीका चर्चा नियन्त्रण गर्ने प्रयास गर्नु।
तिब्बतमा उनले दिएका अभिव्यक्तिहरू “राजनीतिक स्थिरता” र “जातीय एकता” को विषयमा केन्द्रित थिए, जहाँ उनले स्थानीय अधिकारीहरूलाई चिनियाँकरण अभियानमा अझ तीव्र रूपमा लाग्न निर्देशन दिए। यस्तो भाषिक शैलीले तिब्बती संस्कृति, धर्म, र पहिचानमाथि दशकौंदेखिको कम्युनिष्ट पार्टीको दमनकारी नीति झल्काउँछ। १४औं दलाई लामाको ९०औं जन्मोत्सवको केही हप्तामै गरिएको यो भ्रमणले तिब्बती नेतृत्वको उत्तराधिकारप्रति बेइजिङको चासो र असुरक्षा उजागर गर्यो। थप रूपमा, सीको भ्रमण चिनियाँ विदेशमन्त्री वाङ यीको भारत यात्रा सम्पन्न भएको केही दिनपछि भएकोले, यसले भारतलाई संकेत दिन खोजेको देखिन्छ, तिब्बत चीनको रणनीतिक प्राथमिकताको केन्द्रमै रहन्छ।
सन् १९५९ मा दलाई लामाले चीनविरुद्धको असफल विद्रोपश्चात निर्वासन रोजेको ६ वर्षपछि, चीनको कम्युनिष्ट पार्टी (CCP) ले १९६५ मा तिब्बत स्वायत्त क्षेत्र जबरजस्ती स्थापना गर्यो। त्यसबेलादेखि तिब्बतीहरू व्यापक दमन, पुनः शिक्षा शिविर, निगरानी, मठहरूको ध्वंस, र तिब्बती बौद्ध धर्ममाथिको योजनाबद्ध नियन्त्रणका शिकार भएका छन्। “तिब्बती बौद्ध धर्मलाई समाजवादी समाजमा अनुकूल बनाउने” र “राष्ट्रिय साझा भाषा” मार्फत मन्डारिन भाषाको थोपथाप गर्ने सीको पछिल्लो भनाइ त्यही पुरानै रणनीतिको निरन्तरता हो, सांस्कृतिक पहिचानको मेटावट।
यसै भ्रमणका क्रममा सीले यार्लुङ साङ्पो नदीमा निर्माणाधीन, अनुमानित १६७ अर्ब अमेरिकी डलर बराबरको जलविद्युत् परियोजनाको समेत समर्थन गरे, जसले तिब्बत चीनको प्राकृतिक स्रोतसम्बन्धी आकांक्षाको मुटुमा रहेको पुष्टि गर्यो। खनिज र जलस्रोतले भरिपूर्ण तिब्बत, भू-राजनीतिक हिसाबले पनि अत्यन्तै संवेदनशील क्षेत्र हो। सीले तिब्बतलाई “संसारको छाना” र “एसियाली पानीको धरहरा” को रूपमा व्याख्या गर्नु, बेइजिङले तिब्बतका प्राकृतिक स्रोतहरूलाई रणनीतिक हतियारका रूपमा प्रयोग गर्ने नियतको स्पष्ट सङ्केत हो। भारतका लागि, यसले संकेत गर्दछ कि सम्बन्ध सुधारका कुराकानी भइरहे पनि, बेइजिङ अझै पनि कूटनीतिक भाषाभन्दा बढ्ता जबरजस्तीको रणनीतिमा विश्वास राख्छ।
भ्रमण स्वयम् गोप्य वातावरणमा सम्पन्न भयो। चिनियाँ अधिकारीहरूले कार्यक्रमको जानकारी अगस्ट २० को राति ८ बजे मात्र सार्वजनिक गरे, कार्यक्रम सुरु हुनु १२ घण्टा नपुग्दै। सीसँगै गएको उच्चस्तरीय प्रतिनिधिमण्डल असाधारण रूपमा शक्तिशाली र प्रभावशाली थियो। वाङ हुनिङको नेतृत्वमा रहेको टोलीमा सीका निकटतम सहयोगी कै क्यू, उपप्रधानमन्त्री हे लाइफेङ, सार्वजनिक सुरक्षा मन्त्री वाङ सियाओहोंग, अनुशासन आयोगका सचिव ली सी, CPPCC उपाध्यक्ष हु चुनहुआ, संयुक्त मोर्चा विभाग प्रमुख ली गान्जी, र केन्द्रीय सैन्य आयोग (CMC) अनुशासन निरीक्षण आयोगका सचिव झाङ शेङमिन समेत समावेश थिए।
विशेषगरी, पूर्व राष्ट्रपति हु जिन्ताओका छोरा हु चुनहुआ, जो कहिल्यै पनि सी जिनपिङको उत्तराधिकारीको रूपमा हेरिन्थे—को उपस्थितिलाई गुटीय सन्तुलनको संकेतका रूपमा लिइएको छ। साथै, सेनाभित्र भ्रष्टाचार निगरानी गर्ने झाङ शेङमिनमात्र एक मात्र वरिष्ठ सैन्य प्रतिनिधि थिए, जसको नाम आधिकारिक रूपमा सार्वजनिक गरियो, अन्य कुनै पनि उच्च सैन्य अधिकारीको उल्लेख गरिएको थिएन। यसले सैन्य नेतृत्वमा सीको प्रभाव कमजोर बन्दै गएको अनुमानलाई बल दिन्छ।
सीले स्थानीय अधिकारी, सुरक्षाकर्मी र चिनियाँ समर्थित पञ्चेन लामासँग भेटघाट गरे। उनले पोताला दरबारमा प्रत्यक्ष सम्बोधन नगरे पनि, सैनिक र कार्यकर्तासँगको अन्तर्क्रिया व्यापक रूपमा प्रचार गरियो। चिनियाँ राज्य सञ्चार माध्यमहरूले उक्त भ्रमणलाई भव्य विजयको रूपमा प्रस्तुत गरे, ल्हासाका पर्खालहरू सीको चित्रले भरिए, र उनलाई “सर्वोच्च नेता” तथा “राष्ट्रका मूल आधार”को रूपमा चित्रित गरियो। तथापि, गोपनीयता र अत्यधिक सुरक्षा प्रबन्धहरूले तिब्बती जनतामाथिको अविश्वास र दलाई लामाको उत्तराधिकारप्रति चिन्तालाई झल्काउँछ।
यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष के थियो भने, यो जुलाई २५ मा ग्रेट हल अफ द पिपलमा नयाँ राजदूतहरूलाई स्वागत गरेपछि सीको पहिलो सार्वजनिक उपस्थितिको रुपमा देखा पर्यो। त्यसपछिका दिनहरूमा उच्च अधिकारीहरू बेइदाइहे बैठकका लागि बेइजिङबाट बाहिर गएका थिए। यिनै समयमा, अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा लिइएको खबर आएको थियो, जसले सीका निकटवर्ती सञ्जालमा भएको सम्भावित सशोधनलाई औंल्याउँछ। यस्तो पृष्ठभूमिमा, तिब्बत भ्रमण एक रणनीतिक शक्ति प्रदर्शन थियो, जसले सी जिनपिङ अझै पूर्णरूपमा नियन्त्रणमा छन् भन्ने सन्देश दिन खोज्यो।
भ्रमणको भव्यता, विशाल प्रचार, र कडा रूपमा पूर्व-नियोजित “स्वयंस्फूर्त उत्सव”हरूले सीले आफ्नो प्रभावशाली उपस्थिति देखाउन खोजेको प्रष्ट संकेत दिन्छ। यद्यपि, यही भ्रमणको केही दिनपछि सेप्टेम्बर ३ मा आयोजना हुने दोस्रो विश्वयुद्धको विजय दिवस सैन्य परेडको छायाँमा यो नाटकीयता ओझेलमा पर्न सक्छ। त्यस परेडमा PLA भित्र जनरल झाङ युक्सियाको प्रभाव बढेको चर्चा छ। यसको ठीक विपरीत, सीको तिब्बत भ्रमणले चीनको सर्वोच्च नेताका रूपमा आफ्नो प्रभाव कायम छ भन्ने सन्देश दिन खोजेको थियो, even if सेनामाथि उनको नियन्त्रण केही खस्किएको देखिन्छ।
तर तिब्बतीहरूका लागि यो भ्रमण कुनै आशा होइन, बरु थप नियन्त्रण र दमनको सूचक बन्यो। अन्तर्राष्ट्रिय संस्था International Campaign for Tibet (ICT) ले यो भ्रमणपछि तिब्बतमा मनमानी गिरफ्तार, कडा निगरानी र जनजीवनमाथि नियन्त्रण झन् बढ्ने चेतावनी दिएको छ। कार्यक्रमको गोपनीयता, सशस्त्र सुरक्षाको तालाबन्दी र कृत्रिम वफादारी प्रदर्शनहरूले बेइजिङको गहिरो असुरक्षा झल्काउँछ, जसले तिब्बतमा आफूले लिएको जबर्जस्ती नियन्त्रणमाथि आश्वस्त हुन सकेको छैन।
सी जिनपिङको तिब्बत भ्रमण “जातीय एकता” को उत्सवभन्दा बढी एक नियोजित शक्ति प्रदर्शन थियो, जुन तीन प्रमुख पक्षलाई लक्षित थियो, चिनियाँ शासनविरुद्ध अझै प्रतिरोध गरिरहेकातिब्बती जनसमुदाय; भारत, जसका लागि तिब्बत रणनीतिक सीमा सुरक्षा मुद्दा हो; र अन्ततः चीनभित्रै बढ्दो गुटीय मतभेदका चर्चाबीच अस्थिर देखिन थालेको पार्टी नेतृत्व। यस्तो भ्रमणले स्पष्ट गर्छ, शक्ति प्रदर्शनमा निर्भर शासन प्रणालीहरू झन् असुरक्षित महसुस गर्दा अझै कडा नियन्त्रण र नाटकीय प्रदर्शनीतर्फ आकर्षित हुन्छन्।
तिब्बती जनताका लागि त, यस भ्रमणले केवल यति मात्र पुष्टि गर्यो, बेइजिङको शासन तिब्बतमा डर, बलप्रयोग र निगरानीका माध्यमबाट मात्र कायम राखिएको छ। विश्वका लागि, यो भ्रमण एक स्मरण थियो
Facebook Comment