काठमाडौंमा आरके थारू ब्यान्डसहित गुन्जिने

थारू समुदायका चर्चित गायक हुन् आरके थारू। थारू सांगीतिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्। थुप्रै हिट गीता गाएका उनको गायिकीको फ्यानहरू पनि थुप्रै छन्।

तिनै आरके थारूले थारु सङ्हाति नामक ब्यान्ड पनि खोलेका छन्। चितवनको खिचरा महोत्सवमा भब्य प्रदर्शन गरेको थारु सङ्हातिले अब काठमाडौंमा प्रस्तुति दिने भएको छ।

गायक आरके थारूका अनुसार जेठ १६ गते उक्त ब्यान्डले ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा आफ्नो प्रस्तुति दिँदैछ। काठमाडौं उपत्यकामा पहिलोपटक हुन लागेको थारू भाषाको सांगीतिक ब्यान्डले भब्य दर्शकहरूको उपस्थिति हुने अपेक्षा गरेको छ।

उक्त प्रस्तुति हेर्नका लागि टिकटको व्यवस्था गरिने गायक आरकेको भनाइ छ। केही दिनमा अनलाइनमार्फत टिकट खरिद गर्न सकिने उनले थारुवानलाई बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *