अमेरिकी थारूहरूको संस्था टीएफएले थारू विद्यार्थीका लागि खुलायो छात्रवृत्ति

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२५/२०२६ सत्रका लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि टीएफएले छात्रवृत्ति आह्वान गरेको हो।

नोभेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि डीसेम्बर ३१ सम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने छ। त्यस्तै नेपालको मान्यता प्राप्त संस्थामा विद्यार्थीको रूपमा भर्ना भएको हुनुपर्ने र शैक्षिक स्थिति पनि राम्रो हुनुपर्नेछ। त्यस्तै सरकारी र गैर-सरकारी संस्थाहरूबाट कुनै प्रकारको आर्थिक सहयोग नलिएको हुनुपर्ने टीएफएले जनाएको छ।

‘यो छात्रवृत्तिले थारू समुदायभित्र योग्य, प्रतिभाशाली र आर्थिक रूपमा समस्याग्रस्त व्यक्तिहरूलाई शैक्षिक उत्कृष्टताको पोषण गर्ने र अवसरहरू प्रदान गर्ने टीएफएको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस कार्यक्रममार्फत टीएफएले थारूहरूको नयाँ पुस्तालाई उनीहरूको भविष्य सुनिश्चित गर्न, आफ्नो समुदायमा योगदान पुर्‍याउन र सबैको लागि उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ। हामी योग्य विद्यार्थीहरूलाई टीएफए छात्रवृत्तिको लागि आवेदन दिन प्रोत्साहित गर्छौं,’ टीएफएका सचिव ज्ञान चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आवेदन दिनका लागि अघिल्लो शैक्षिक स्तरको मार्कसिट र ट्रान्सक्रिप्ट, भर्ना भएको कलेजको विद्यार्थीको परिचय पत्र, आर्थक अवस्था खुल्ने वडाको सिफारिस पत्र, शिक्षक वा सामाजिक अभियन्ताको सिफारिस पत्र र व्यक्तिगत अभिव्यक्ति माग गरिएको छ। त्यस्तै असक्त, अनाथ र कमैयाका लागि प्रमाण खुल्ने पत्र आवश्यक हुने टीएफएले जनाएको छ।

टीएफएले हरेक वर्ष मेधावी थारु विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्षको छात्रवृत्ति त्यसकै निरन्तरता भएको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले बताए। उनका अनुसार टीएफएको वेवसाइट tharus.org मा गएर आवेदन दिन सकिनेछ। कुनै जिज्ञासा भएमा [email protected] मा इमेल गर्न सकिने छ।




12 thoughts on “अमेरिकी थारूहरूको संस्था टीएफएले थारू विद्यार्थीका लागि खुलायो छात्रवृत्ति

  1. previous year I applied scholarships for +2 ND i received now I want to apply scholarship form for my further education for bachelor
    can I apply this time? please response me sir

Leave a Reply to Kriti tharu Cancel reply

Your email address will not be published. Required fields are marked *