लोकसेवा आयोगको संघीयतर्फको शाखा अधिकृतमा दुई जना थारू सिफारिस

लोकसेवा आयोगको राप. तृतीय श्रेणी, शाखा अधिकृतमा थारू समुदायका दुई जनाले नाम निकाल्‍न सफल भएका छन्। अघिल्लो वर्ष खुलेको आवेदनमा सबै चरण पार गरेर कञ्चनपुरका तारामणि डंगौरा र नवलपरासीकी सृष्टि चौधरीले नाम निकाल्न सफल भएका हुन्। तारामणि राजस्व र सृष्टि सामान्य प्रशासनतर्फ सिफारिस भएका हुन्।

सृष्टि चौधरीले यसअघि एक हजार डलरको पुरस्कारसमेत जितेकी थिइन्। फूड एण्ड एग्रीकल्चर अर्गनाइजेसन (एफएओ)को आदिवासी जनजाति विभागले आयोजना गरेको चित्रकला प्रतियोगितामा उनी दोस्रो उक्त पुरस्कार जितेकी थिइन्।




One thought on “लोकसेवा आयोगको संघीयतर्फको शाखा अधिकृतमा दुई जना थारू सिफारिस

Leave a Reply to PSCInsight Cancel reply

Your email address will not be published. Required fields are marked *