डडेलधुराबाट अन्तिमपटक चुनाव लड्न चाहन्छु : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन्। सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन्। डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए।

अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए। सभापतिलाई भेटेका ती नेताले भने, ‘साथीहरुले तपाईं नै उठ्नुपर्‍यो भनेका छन्। म उठ्छु भन्नुभएको छ।’

मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिमपटक चुनावमा उठ्ने जानकारी गराएको बताए। कांग्रेस यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ। निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ। कांग्रेस विधान अनुसार एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ। देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुरामा चुनाव जित्दै आएका छन्।




One thought on “डडेलधुराबाट अन्तिमपटक चुनाव लड्न चाहन्छु : शेरबहादुर देउवा

  1. जेन्जि युवाहरुबाट २४ गतेको कुटाइ खाएको बदला लिन को लागि मेडिया मा आएसकेको छ,तपाईलाई कुटने र तपाईको ताजमहल र बुर्जखलिफा जस्तो होटेल जलाउने तपाई कै डडेल्धुरा बासिहरुले गरेको हो अनि बदला को सित लिने सुदन गुरुङ,बालेन्द्र शाह,ॐमप्रकाश अर्याल र सुशीला कार्किसित 🤣🤣

Leave a Reply to Sagar Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *