एमालसँग सहकार्यको ढोका सधैं खुला रहन्छ : अध्यक्ष रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्ने बताएकी छन्। शनिबार भक्तपुरमा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै देशलाई निकास दिँदै अघि बढ्न दलहरूरुबीच विश्वास, संबाद र उच्चस्तरीय समझदारी आवश्यक रहेको बताइन्।

राष्ट्रियताको संरक्षण गर्दै मुलुकको विकासका लागि एमालसँगको सहकार्यको ढोका सदैव खुला रहने बताइन्। सहकार्यको जग भने न्याय र समानतामा हुनुपर्ने उनको भनाइ छ। उनले नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न एमालेले खेलेको भूमिकाको प्रशंसा गरिन्।




One thought on “एमालसँग सहकार्यको ढोका सधैं खुला रहन्छ : अध्यक्ष रञ्जिता श्रेष्ठ

  1. तपाई श्रीमान् आदरणीय रेशम चौधरीलाई जेलमा सडाउने केपिओलिको पनि हात थियो थाहा छ्की छैन Dear भाउजू 🤣 धेरै भयो नाट्क,पोखराको लुचि बगान काण्ड थारुहरुको भोट लिएर अनि नागरिक उन्मुक्ति पार्टीलाई बदनाम गर्ने अब जितेपो केपिओलिको पछाडि लाग्ने जित्ने आधार नै छैन,नयाँ एजेन्डा के त🤣🤣

Leave a Reply to Sagar Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *