रास्वपाको थारू कलस्टरमा सुरेन्द्र चौधरी पहिलो नम्बरमा

थरुहट अभियन्ता सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन्। रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ सम्मिलित रास्वपाबाट उनी थारू कोटातर्फ पहिलो नम्बरमा बन्दसूचीमा परेका हुन्।

रास्वपाले सोमबार अबेर राति निर्वाचन आयोगमा बन्दसूची पेस गरेको थियो। जसको पहिलो नम्बरा सुरेन्द्र चौधरी, त्यसपछि सोम प्रसाद चौधरी र प्रेमलाल चौधरी रहेका छन्। त्यस्तै महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा र क्रमशः उर्मिला चौधरी, करिष्मा कठरिया र बालिका चौधरी रहेका छन्।

सोमबार साँझ रवि-बालेन र कुलमानबीच एकसाथ चुनाव लड्ने सहमति भएको थियो। यसअघि प्रधानमन्त्रीको उम्मेदवारसहित दोस्रो वरीयतामा रहेका बालेनलाई तेस्रोमा बसेर कुलमानलाई एकता ल्याउन थरुहट अभियन्ता सुरेन्द्र चौधरीले प्रमुख भूमिका खेलेका थिए। उनले यसअघि पनि बालेन र रविलाई एकतामा ल्याउन प्रमुख पहलकदमी लिएका थिए।

त्यस्तै आगामी साता राष्ट्रिय सभा गृहमा भव्य कार्यक्रम आयोजना गरी थरुहट नेताहरू पनि रास्वपामा समाहित हुने बताइएको छ।




3 thoughts on “रास्वपाको थारू कलस्टरमा सुरेन्द्र चौधरी पहिलो नम्बरमा

  1. थारु नव नेतृत्वमा अग्रणी रहेका,राजनीति शास्त्र र संविधान निर्माणमा विशेष दख्खल भएको हाम्रा सुरेन्द्र भाई थारूहरुको जातीयताको राजनीतिमा मात्र सीमित नरहेर सम्पूर्ण राष्ट्रिय राजनीतिमा उचित नेतृत्व दिनुहुनेछ भन्नेमा पूर्ण विश्वास छ

Leave a Reply to Bal govinda chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *