काठमाडौंमा मनाइयो भब्य गुरही (फोटो फिचर)
काठमाडौंबासी थारूहरूले गुरही पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहलगायत थारू संघसंस्थाहरूको आयोजनामा शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गुरही पर्व मनाइएको हो। कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम महतो, मनिसा चौधरी, बीच भलिबलकी संगीता चौधरी, ह्यान्डबलकी आदिती चौधरी र हिलिना राना छन्।








Facebook Comment