नाउपाबाट उम्मेदवार बनेका धनिराम चौधरी जनमतमा प्रवेश, रुपन्देही-३ मा उठ्ने

सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही-१ बाट उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ।

गत निर्वाचनमा रुपन्देही-१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो। गत निर्वाचनमा रुपन्देही-१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए।

रुपन्देही-३ मा हुने उपनिर्वाचनमा जनमतको उम्मेदवार बनाउनेगरी चौधरीलाई जनमतमा अध्यक्ष राउतले आइतबार पार्टी प्रवेश गराएका हुन्। जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार उपनिर्वाचनमा उम्मेदवार बनाउने गरी थारुलाई पार्टी प्रवेश गराइएको हो।

त्यस्तै नाउपा नेताहरू कमल नारायण चौधरी, सरस्वती थारू, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर चौधरी, रुद्र नरायन चौधरी, बैजन्ती चौधरीलगायत नेता कार्यकर्ताहरू जनमतमा प्रवेश गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *