भदौ १९ गते संसदबाट पारित हुँदैछ संघीय निजामती विधेयक

प्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती र संवैधानिक परिषद् विधेयक पारित गर्ने संसद्को तालिका तय गरिएको जानकारी दिए।

एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार, भदौ १८ गते बस्ने प्रतिनिधिसभाको बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्नेछ । सोही दिन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि मुख्य सचेतक बर्तौलाले जानकारी दिए।

त्यस्तै संघीय निजामती सेवा विधेयक भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गरिनेछ। यो विधेयक यसअघि १५ असार २०८२ मा प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभामा गएको थियो। राष्ट्रिय सभाले यही भदौ १६ गतेभित्र प्रतिनिधि सभामा उक्त विधेयक फिर्ता गरिसक्नुपर्छ।

राष्ट्रिय सभाबाट फिर्ता आएपछि भदौ १९ गते निजामती सेवा विधेयक पारित गरेर सभामुख हुँदै राष्ट्रपतिकहाँ पठाउने तयारी छ। राष्ट्रपतिले प्रमााीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउँछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *