थारू विद्यार्थी सभा जापानले टोक्योमा मनाउँदैछ जितिया
जापानमा थारू समुदायको जितिया पर्व मनाइने भएको छ। थारू विद्यार्थी सभा जापान शाखाको आयोजनामा सेप्टेम्बर १४ तारिखमा जितिया पर्व मनाउन लागिएको हो। देशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै थारू कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले जितिया पर्व मनाउन लागिएको थारू विद्यार्थी सभा जापान शाखाले जनाएको छ।
जापानको राजधानी टोक्योको Shinjuku-ku, Hyakunincho स्थित सोलमारी रेस्टुरेन्ट मुरा हलमा जितिया पर्व आयोजना हुने आयोजकले जनाएको छ। जितिया पर्वको अवसरमा आयोजित हुने कार्यक्रम विहान १० बजेदेखि ४ बजेसम्म हुनेछ। कार्यक्रममा साँस्कृति कार्यक्रम पनि प्रस्तुत गरिनेछ। थारू समुदायको चर्चित धुमरा नाच, झाँकी र थारू कलाकारहरूको विभिन्न प्रस्तुती देखाइने आयोजकले जनाएको छ। त्यस्तै कार्यक्रममा थारू परिकारहरूको पनि व्यवस्था गरिनेछ। घोङीको स्वाद पनि लिन सकिने बताइएको छ।
यस्तो छ, थाविस जापानले आह्वान गरेको अपील
थारू विद्यार्थी सभा जापान विदेश विभाग मिति २०२५ जुन १ तारिकमे स्थापना स्वरूप यै संस्थाके यै पाली “प्रथम थाविस जितिया साँस्कृतिक कार्यक्रम २०२५ टोकियो” यहाँ आबैवाला सेप्टेमवर १४ तारिक आइतवार के दिन मनाबैले ज्या रहल छै।
जापानमे रहल पुरूव से पश्चिम तक के थारू समुदायके कला, साँस्कृतिक आ भेषभुषा राष्ट्र्रिय मे मात्रै नै अन्तर्राष्ट्रिय स्तरमे थारूके पहिचान आ जगेर्ना करैके उद्देश्य से जितिया पावैन Tokyo, Shinjuku वार्ड के Shin-Okubo मे रहल Solmari Restaurant Mura Hall मे मनाबैले ज्या रहल छै।
पूरूके पुरनका धुम्रा नाच, चितवन के झमटा नाच आ ठेक्रा नाच , सखिए नाच के साथे बहुत किसिम के आधुनिक थारू नाच गायन के साथ टिपिकल थारू जितिया परिकार के स्वाद सोहो चाइख सकैचियै ।
समय बिहान १०ः०० बजे से १६ः०० बजे तक कार्यक्रम हेतै से जानकारी थारू विद्यार्थी सभा जापान के जितिया कार्य समिति जानकारी कराइने छै।

Facebook Comment