नेपाल जीएसआईमा बआद्ध भएकोबारे सांसद सिंहले मागे प्रधानमन्त्रीको जवाफ

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभमा आबद्ध भएको विषयमा आपत्ति जनाएका छन्। शून्य समयमा बोल्दै सांसद सिंहले जीएसआईको विषयमा नेपाल र चीनको धारणा फरक फरक रहेको बताए।

‘नेपाल र चीनले आफ्नो वक्तव्यमा जीएसआईको सवालमा फरक फरक वक्तव्य जारी गरेको छ। चीनको परराष्ट्र मन्त्रालयले नेपाल जीएसआईमा आबद्ध भइसकेको भनेको छ। तर, नेपालले त्यो विषयमा कुनै मेन्सन नै गरेको छैन। सत्य के हो?,’ उनले प्रश्न गरेका छन्।

नेपालको संविधानले नै परराष्ट्रको पञ्चशील नीति अपनाउने भनेको उनले बताए। तर, त्यस विपरीत संविधान नै उल्लंघन गर्ने गरी चिनियाँ सुरक्षा रणनीतिको हिंसा नेपाल बन्न लागेकोमा उनले आपत्ति जनाए। उनले कांग्रेस र एमालेले निर्णय गरेरै जीएसआईमा आबद्ध भएको हो भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन्। भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *