आयोजक नेपाल थारू संघ ललितपुरले जित्यो फुटसल प्रतियोगिताको उपाधि

नेपाल थारू संघ ललितपुरले आयोजा गरेको फुटसल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ। उसले ट्रफीसहित १ लाख राशि प्राप्त गरेको छ।

त्यस्तै दोस्रो भएको बारा एफसीले ५० हजार राशि प्राप्त गर्‍यो। प्रतियोगितामा १६ टिम सहभागी थिए। प्रतियोगितामा थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले ट्रफी र पुरस्कार राशि विजेतालाई प्रदान गरेका थिए। फाइनलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी भएको आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *