राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने- भगवान पशुपतीनाथले विश्वको कल्याण गरुन
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधन गरेका छन्। उनले रसुवा बाढीले पुर्याएको क्षतिका विषयमा जानकारी गराउँदै नेपालले जलवायु न्याय चाहिएको बताए।
उनले आफूहरू भूराजनीति नचाहेको तर अधिकतम तापक्रमले पग्लिरहेको हिमालहरू र त्यसले पुर्याइरहेको क्षतिको न्याय चाहिरहेको बताए। उनले आफू महासभामा कथा बनाउन नभएर नेपाललाई न्याय चाहिएको विषयमा बताउन आएको बताए।
उनले अन्त्यमा विश्वलाई पशुपतीनाथले कल्याण गरुन भन्दै सम्बोधन टुंग्याएका थिए। ‘भगवान पशुपतीनाथले विश्वको कल्याण गरुन। यो विश्व बुद्धले देखाएको बाटोमा हिंड्न सकोस्,’ उनले भने।
Facebook Comment