बेलायतमा थारूहरूको फुटबल टोली गठन, छबिन नारायण चौधरीको कप्तानीमा एनआरए कप खेल्ने

थारू कल्याणकारिणी सभा युके च्याप्टरले एनआरएनए कपका लागि फुटबल टोली गठन गरेको छ। १३ सेप्टेम्बरदेखि स्प्रिङवेस्ट एकेडेमीमा हुन लागेको ९ए साइड फुटबल प्रतियोगिताका लागि थाकस युएई च्याप्टले टोली गठन गरेको हो।

थाकस युके च्याप्टरका सचिव प्रशान्त चौधरीका अनुसार छबिन नारायण चौधरीको कप्तानीमा टोली गठन गरिएको हो। टोलीमा दुई जना गोलकिपर समीर चौधरी र सिदार्थ चौधरी, मिडफिल्डमा कप्तान छबिन नारायणसहित विशाल चौधरी, कोमल चौधरी र साजन चौधरी, फर्वाडमा कुलमनी चौधरी, डिफेन्समा भीम चौधरी, प्रविन चौधरी र रिसब चौधरी रहेका छन्।

थाकसले टिम म्यानरजको जिम्मेवारी भिमलाल थारूलाई सुम्पेको छ। दोस्रो एनआरएनए प्रतियोगिताको विजेताले २२ सय पाउन्ड पाउनेछ भने दोस्रो हुनेले ११ सय पाउन्ड पाउनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *