संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन्। तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन्।

‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन्।

संवेदनशिल समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ। बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए।

बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थि । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *