मैले भाग लिन पाइनँ भने देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन्। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गरे।

‘चुनाव रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भने, ‘सिंगो समूदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ? नेपाली कांग्रेस, नेकपा एमालेको इतिहास के थियो? शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो ? जेनजीको इतिहास के छ?’

साथै, उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए। ‘अहिले चुनाव लड्न दिन्नँ भन्छन्। पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन्। देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?,’ चौधरीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *