लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने
नागरिक उन्मुक्ति पार्टी नेपालको आह्वानमा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउने भएको छ।
शनिबार मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बसेको बैठकले मोर्चाको तर्फबाट लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्ने मागसहित ज्ञापन बुझाउने निष्कर्ष निकालिएको नाउपा नेपालका महासचिव डा. उमाशंकर चौधरीले बताए।
उनका अनुसार बैठकले आगामी निर्वाचनमा युवाहरूलाई सहभागिता गराउन साझा एजेन्डा बनाएर अघि बढ्ने सहमति भएको थियो। बैठकमा नाउपा नेपालका संरक्षक रेशम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट केशव झा, जनता प्रगतिशील पार्टीका तर्फबाट डा. शिवजी यादवलगायत सहभागी थिए।
Facebook Comment