रेशम चौधरीको ‘चकिया’ चुनाव चिन्ह लिएर चुनावमा जान तयार भए अशोक राई र राजेन्द्र महतो
रेशम चौधरीको अभिभावकत्वमा गठित नागरिक उन्मुक्ति पार्टी नेपालको चुनावमा चिन्ह लिएर आगामी निर्वाचनमा भाग लिन अशोक राई र राजेन्द्र महतो सहमत भएका छन्। राई नेतृत्वको जनता समाजवादी पार्टी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले नाउपा नेपालको चुनाव चिन्ह चकिया (जाँतो) प्रयोग गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौं,’ तीन पार्टीबीच भएको सहमति पत्रमा उल्लेख छ।
ती पार्टीले आफूहरुसँग विचार मिल्ने अन्य पार्टीहरुलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन्।



Facebook Comment