प्रदीप कुमार चौधरीले फिल्म निर्देशनमा डेब्यु गर्दै
अभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ। १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ।
सुजन राई र तर्कराज जोशी निर्माता रहेको फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। छायांकनअघि कलाकारको नाम सार्वजनिक गर्ने तयारी छ। छायांकनमा महेश पौडेल र निर्माण नियन्त्रकमा रिजन परियार हुनेछन्।
‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा बन्ने बताइएको फिल्मको छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटार लगायतका थलोमा हुने जनाइएको छ। फिल्मको बजेट २ करोड बताइएको छ। फिल्मको सार्वजनिक शीर्षक घोषणा पोस्टरमा बादललाई मुटुको विम्वको रुपमा प्रस्तुत गरेर प्रेम सम्बन्धमा आएको दरारलाई प्रस्तुत गरिएको छ।
थुप्रै फिल्ममा खलनायकको चरित्र निर्वाह गर्दै चौधरी लामो समयदेखि मण्डला नाटक घरसँग आबद्ध छन्। चौधरी पछिल्लोपटक फिल्म ‘वरिष्ठ बलराम’ मा देखिएका थि ।
Facebook Comment