थारू कलस्टरको सहमहामन्त्रीका लागि सुरेन्द्र, योगेन्द्र र तेजुलालबीच भीडन्त

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि मंगलबार भएको मनोनयन दर्तामा थारु क्लस्टरतर्फ सहमहामन्त्री पदमा तीनजनाको उमेदवारी परेको छ।

सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उमेदवारी दर्ता गराएका हुन्। थारु क्लस्टरबाट एकजना मात्रै सहमहामन्त्री निर्वाचित हुने भएकाले तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ।

तेजुलाल चौधरी पूर्वमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् । योगेन्द्र चौधरी विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । सुरेन्द्रप्रसाद चौधरीले पनि लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *