कांग्रेसको कार्यसमितिमा आउन २४ जना थारूहरूको उम्मेदवारी

नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य बन्न २४ जनाले उम्मेदवारी दिएका छन्। थारू समुदायबाट सहमहामन्त्री पदमा तेजुलाल चौधरी, सुरेन्द्र चौधरी र योगेन्द्र चौधरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै थारू खुलातर्फ चार सदस्यका लागि रामसमझ चौधरी, गोपाल पंजियार थारु, जनकराज चौधरी, साजनकुमार महतो, वेदनारायण गच्छदार, छविलाल थारु, महेश प्रसाद चौधरी, डा. भोगेन्द्र प्रसाद चौधरी, रामकृष्ण चौधरी र प्रभातकुमार चौधरीले उम्मेदवारी दिएका छन्।

थारू महिलातर्फ दुई सदस्यका लागि कल्पना चौधरी, डा. जीवन राना, नमिता कुमारी चौधरी, नवोदिता चौधरी, डा. प्रमिला कुमारी गच्छदार, सूची चौधरी र सुनिता कुमारी रानाले उम्मेदवारी दिएका छन्।

त्यस्तै यज्ञराज चौधरीले आदिवासी जनजातितर्फ, गीता चौधरीले मधेस प्रदेशतर्फ, राजीव चौधरीले मधेस प्रदेशअन्तर्गत ३५ वर्षमुनिका युवातर्फ तथा सत्यनारायण माझी थारूले प्रजातन्त्र सेनानीतर्फ उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *