मोटरसाइकले ठक्कर दिँदा पैदल यात्री जलिया थारूको मृत्यु

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका-४, गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बुधबार बिहान करिब ९ बजे वाणगंगा नगरपालिका-३, तिनकुनेमा मोटरसाइकलले ठक्कर दिँदा थारू घाइते भएकी थिइन् ।

वाणगंगा नगरपालिका-१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री थारूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी थारूको उपचारका क्रममा बिहान १०ः१० बजे मृत्यु भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *