माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङमा १८ शव फेला

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङमा १८ शव फेला परेका छन्। भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरुको खोजी कार्य गर्नेमा शुक्रबार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप १२ वटा शव देखिएको र निकाल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए।

‘जाली भित्र देखिएको तर सबै शाव निकाल्न बाकी रहेको सूचना प्राप्त भएको छ।,’पाण्डेले भने। आयोजनाको सुरूङबाट यसअघि विभिन्न मितिमा १५ वटा शव निकालिएको छ। शवको सनाखत हुन सकेको छैन। माथिल्लो त्रिशूली –१ को सुरूङमा कम्तिमा ३ सय जना फसेको हुन सक्ने आशंका गरिएको छ।

बाढीमा हराएका मानिसहरुको खोज तथा उद्धार कार्य जारी रहेको छ। जलविद्युत आयोजनाका टनेलमा उद्धार कार्य ढिलाइ भएकोले जिवित उद्धारको सम्भावना टरेको बाढी प्रभावित तथा बेपत्ता भएका व्यक्तिका आफन्तहरु बताउँछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *