कोरियाको ठाकुरबाबा थारू एकता समाजद्वारा रसुवा बाढी पीडितलाई लाख बढी आर्थिक सहयोग
दक्षिण कोरियामा रहेको ठाकुरबाबा थारू एकता समाजले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई आर्थिक सहयोग गरेको छ। संस्थाका सचिव अनिल थारूका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका प्रभावित परिवारलाई १ लाख २९ हजार ८८९ रुपैयाँ सहयोग गरिएको हो।
गत भदौ १० गते खसेको बाढीले भोटेकोशीलगायतका तटीय क्षेत्रमा विनाश निम्त्याउँदा बर्दियाको ठाकुरबाबा नगरपालिकाका केही परिवार प्रभावित भएका थिए। बाढीका कारण प्रभावित परिवारले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै समाजले आर्थिक सहयोग उपलब्ध गराएको हो।
समाजले असोज १५ गते जारी गरेको सूचनाअनुसार बाढीपीडित परिवारप्रति सहानुभूति र गहिरो समवेदना व्यक्त गर्दै आर्थिक मलम तथा राहत उपलब्ध गराउने उद्देश्यले सहयोग संकलन गरिएको थियो।
समाजको आर्थिक, भौतिक तथा नेतृत्व तहमा रहेका सदस्यहरू, ज्येष्ठ सदस्यहरू तथा दक्षिण कोरियामा कार्यरत अन्य मनकारी व्यक्तिहरूको संयुक्त सहकार्यमा उक्त रकम संकलन गरिएको जनाइएको छ।
सामाजिक सहकार्य र मानवीय सहायताको यस कार्यमा योगदान पुर्याउने सम्पूर्ण सहयोगीप्रति समाजले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
Facebook Comment