कृषिमन्त्री चौधरीले आफ्नै जिल्लाबाट धान किन्ने, मूल्य तोकियो ३६६० रुपैयाँ

सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो।

दुई मन्त्रालयबीच भएको समन्वयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने भएको हो। यसैसँगै नियमित रुपमा अन्य जिल्लामा पनि खरिद गर्ने छ। महेन्द्रनगर शाखामार्फत धान खरिद प्रक्रिया अघि बढाइएको हो। यसका साथै निरन्तर रूपमा अन्य जिल्लामा पनि धान किन्ने प्रक्रिया अघि बढाइने छ।

कम्पनीले महेन्द्रनगर शाखा कार्यालय परिसरबाट कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ। कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित कम्पनीको गोदाममा ल्याउनुपर्नेछ।

धान तौलने कार्य कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन गरिने कम्पनीले जनाएको छ। धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ। कम्पनीले किसानलाई तोकिएको मिति र आवश्यक कागजातसहित धान बिक्रीका लागि उपस्थित हुन आग्रह गरेको छ।

कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत असोज २१ गते भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *