कोप-३१ को पहिलो दिन शेर्पा पोशाकमा सहभागी भइन् मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् ।
जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले उनले शेर्पा समुदायको परम्परागत पोशाक रोजेकी उनको सचिवालयले जनाएको छ ।
शेर्पा समुदायको पहिरनमा सम्मेलनमा सहभागी हुनुले नेपालको हिमाली पहिचानलाई अन्तरराष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै हालैको भोटेकोशी विपद् र नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्त्री चौधरी कोप-३१ सम्मेलनमा सहभागी हुन आज अन्ताल्या आइपुगेकी हुन् ।
Facebook Comment