2

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भने, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ।’ अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा...

थारूवान

दसैंलाई थारूहरूले कुलदेवतालाई नयाँ अन्न (धान) को ढिक्री तथा कुखुराको बलि चढाउने र पितृलाई सम्झने पर्वका रूपमा मनाउँदै आएका छन् । दहित, टेर्रालगायत थरका थारूमा दसैंको श्राद्ध गर्ने चलन छ । अरू थरका थारूले भने नवमीको बिहान पितृ सम्झने गर्छन् । दसैंको टीकाको दिन चामलको पिठोको टीका बनाएर सेताम्मै...

थारूवान

नवलपरासीमा शारीरिक रुपमा अशक्त रहेका पदम चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेका छन । उनले पानीमा हात गोडा नचलाई तैरने कला देखाएका हुन् । नवलपरासी अमरौट ५ का ३० वर्षीय पदम चौधरीले शारीरिक रुपमा अशक्त भएर पनि यस्तो कला प्रदर्शन गर्न सफल भएका हुन् ।

थारूवान

यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसलाई प्रदान गरिएको छ। सान्तोसलाई कोलम्बियाको बिद्रोही दि रिभुलोस्नरी आर्म फोर्स अफ कोलम्बिया फार्कसँग गत महिना भएको शान्ति सम्झौतामा उल्लेख्य योगदान गर्दै देशमा जारी गृहयुद्ध अन्त्य गरेको भन्दै शान्ती पुरस्कार प्रदान गरिएको बताइएको छ।

थारूवान

अनादीकालदेखि नै बडादसैँका बेला भूतमेलाका लागि विख्यात महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला सुरु भएको छ ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो समर्थनमा पार्टीका सबै सांसदको हस्ताक्षर संकलन गरेका छन् । र, आफू र आफ्नो नेतृत्वको प्रशंसा गर्दै विज्ञप्ति जारी गर्न लगाएका छन् ।

थारूवान

सरकारले तिहारलगत्तै नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर, पोखरा र लुम्बनी भ्रमण तयारी सुरु गरेको छ । करिब दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रप्रमुखको राजकीय भ्रमणक्रममा जानकीको जन्मभूमि जनकपुर, पर्यटकीय नगरी पोखरा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी लैजाने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ...

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले संविधानको संसोधन र पुनःलेखन नभएसम्म कार्यन्वयनको अवस्था नआउने बताएका छन्। माउन्टेन टेलिभिजनसँगको कुराकानीमा उनले भने- ‘यो डेडलकको स्थिति छ। डेडलक फुकाउन संविधान संसोधनको विकल्प छैन।’ सत्ताधारीहरु पनि यो संविधान कार्यन्वयन नहुने स्थितिमा पुगिसकेको उनले बताए।

थारूवान

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्पmबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राजदूत रायले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको दावी गरे।

थारूवान

दिपेन्द्र झा, अधिवक्ता। सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् ।

थारूवान