3

महिला प्रहरी भन्छिन्- ‘गाला रातो हुँदासम्म सरले कोठामा राख्नुहुन्छ’

‘दैनिक १८ घन्टा ड्युटी गएर आइएको हुन्छ। कुरै नबुझी हाकिम साहेबले मुख छाडेर गाली गर्नुहुन्छ,’ प्रहरीभित्रका गुनासो जान्न प्रहरीले गरिएको सर्वेक्षण भिडियोमा एक जवान भन्छन्। आन्तरिक अनुशासन र गुनासो जान्ने ध्येयले तयार गरिएको सर्वेक्षण भिडियोमा प्रहरी संगठनभित्रको समस्या यसरी छताछुल्ल भएको छ। महिला प्रहरीको गुनासो त्यत्तिकै छ।

थारूवान

गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि आएकी थिइन्।

थारूवान

सङ्घीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् ।

थारूवान

बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

थारूवान

संघीय गठबन्धनले १२ दिने आन्दोलनको घोषणा गरेको छ । उपत्यका केन्द्रित १० दिने र उपत्यकाबाहिर बिरगञ्ज र पोखरामा २ दिन आन्दोलनको घोषणा गरेको छ । जुलुस, र्याली र विरोध सभाहरुसहितका आन्दोलन कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

थारूवान

पूर्व पश्चिम राजमार्गको भोटियाटोल (सिरहा) चौक नजिक मंगलवार अबेर राति तीनवटा मोटरसाईकल आपसमा ठोक्किदा सवार चारजनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्। 

थारूवान

आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ। निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।

थारूवान

झापाको बिर्तामोडमा गएराति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिर्तामोड–६ निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योति अग्रवालको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

थारूवान

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ। द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानि गरेको अधिवक्ता दिनेश त्रिपाठीले सोमबार दिएको रिटमा निवेदन जिकिर छ।

थारूवान

संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो ।

थारूवान