3
नवीन चौधरीको अध्यक्षमा थारु पत्रकारको सप्तरी शाखा गठन
थारू पत्रकार संघ नेपालको सप्तरी शाखा गठन भएको छ। बिहीबार आयोजित भेलाले नवीन चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। जसको उपाध्यक्षमा भागवती चौधरी (मरर), सचिवमा पार्वती कुमारी सिंह (प्रिया), सहचसिवमा रामनाथ चौधरी र कोषाध्यक्षमा भुपेन्द्र कुमार चौधरी छन्।
थारूवानथारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।
थारूवानथरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव थारुको उपचारको लागि सहयोगको अपिल गरिएको छ। काठमाडौंको न्यूरोडस्थित ट्रमा सेन्टरमा उपचाररत थारुका उपचारमा सहयोग गर्न परिवारका सदस्य, बर्दियाली थारु विकास मञ्च र थारु नगिक समाज कैलालीले सहयोगको अपिल गरेका हुन्। अपरेशनमा बढी खर्च लाग्ने देखिएपछि आर्थिक संकलन...
थारूवानपूर्व कमलरी उर्मिला चौधरीको कमलरी प्रथा मुक्क्तिमा आधारित ‘उर्मिलाः माई मेमोरी माई पावर’ले अन्तर्राष्ट्र्रिय उत्कृष्ट फिल्म घोषित हुँदै १५ सय डलर जित्न सफल भएको छ। चार दिनदेखि चलिरहेको काठमाडौं अन्तर्राष्ट्र्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार विभिन्न उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।
थारूवानधनगढी- सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको भन्दै आज कैलाली-कञ्चनपुर बन्दको आह्वान गरेको छ। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै थारु नेताहरुले विरोध जनाएका छन्। संशोधन प्रस्ताव अपुरो रहेको र यसलाई कुनै पनि हालतमा मान्न नसकिने थरुहट पक्षधरको भनाइ छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश