समाचार
कुलमानलाई भेटेर थाकस सभापतिले भने- अध्यादेशबाट निजामतीमा थारू कोटा सुनिश्चित गर्नुस्
थारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरीले ऊर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। मन्त्री निवासमा शनिबार थाकस पदाधिकारीहरूले घिसिङसँग भेटवार्ता गरेका हुन्। भेटमा विभिन्न चरणको थारु आन्दोलनबाट स्थापित अधिकारहरूलाई सुनिश्चित गर्नुपर्ने माग गरिएको थियो। सभापति चौधरीले संघीय निजामती विधेयकले थारू कोटा सुनिश्चित गरेको र त्यो...
थारूवानअशोककुमार चौधरी तीन वर्षको राजनीतिक यात्रामा मैले पाएको अनुभव सरल र सहज थिएन। जिम्मेवारीलाई मैले सधैं गम्भीरतापूर्वक, इमान्दार नियत र निष्पक्ष दृष्टिकोणसहित पूरा गर्ने प्रयास गरें। यस यात्रामा मलाई साथ, माया, विश्वास र निरन्तर सहयोग प्रदान गर्नु भएका सम्पूर्ण देशबासीप्रति म गहिरो आभार प्रकट गर्दछु। संसद, संसदीय समिति र...
थारूवानजेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवाको गर्दनमाथि धारिलो हतियार प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ। गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनका अनुसार हतियारको विषयमा भने पुष्टि हुन सकेको छैन। ‘डाक्टरले धारिलो हतियार प्रहारबाट गर्दनमाथिको छाला काटिएको र १२...
थारूवाननागरिक अभियन्ता सुरेन्द्र चौधरीले नेताहरूलाई दलीय सिन्डिकेटबाट बाहिर निस्किन आग्रह गरेका छन्। प्रमुख राजनीतिक दलका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व दिन आनाकानी गरिरहेका बेला नागरिक प्रथमका अभियन्ता चौधरीले जेनजी आन्दोलनको मर्म पनि राजनीतिक दलहरूले विगतको कुकर्म त्यागेर नयाँ स्वरुपमा आउनु रहेको बताए। उनले जेनजी आन्दोलनले उठाएको आदर्शलाई मनन गर्न नेताहरूलाई...
थारूवाननेपालमा देखिएको जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई दशकौंदेखि स्थापित राजनीतिक दलहरूको कार्यशैली, भ्रष्टाचार र कुशासनप्रतिको गहिरो असन्तुष्टिको सशक्त प्रतिविम्ब हो। यो आन्दोलनलाई केवल केही उत्तेजित युवाहरूको विद्रोह मात्र मान्नु ठूलो गल्ती हुनेछ। यो त लोकतान्त्रिक प्रक्रियाभित्रै देखिएको आत्म-सुधार संयन्त्र हो, जसले सत्तारुढ दलहरूलाई उनीहरूको गल्तीको ऐना देखाइदिएको छ।...
थारूवानविजय चौधरीको श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षा र एकलाख रुपैयाँ राहत दिने मेयर चौधरीको घोषणा
जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका लहान नगरपालिका-१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई सहयोग गरिने भएको छ। लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो। नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा...
थारूवानजनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन्। नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले...
थारूवानरक्षा बम। हाम्रो पुस्ता पहिल्यैदेखि देशमा भएको भ्रष्टाचार, अनियमिततादेखि वाक्कदिक्क थियो । तर, ती कुराहरू अहिले सामाजिक सञ्जाल र प्रविधिको युगमा त्यहीँ सीमित गर्दै आएको थियो । पछि परिस्थिति यस्तो भइदियो कि सामाजिक सञ्जालकै कारणले हामी जेनजी पुस्तामा एक किसिमको सचेतना आयो । हामीले हाम्रो प्रश्न थाहा पायौं ।...
थारूवानअर्णव चौधरी। सामाजिक सञ्जालमा विभिन्न समूह बनाएर च्याटहरू भएका छन्। इन्स्टाग्रामदेखि सिग्नलसम्म प्रयोग गरिएका छन्। सबैका हातमा मोबाइल हुँदा हरेकले केही न केही फोटो वा भिडियो खिचेका छन्। ती प्रमाणहरू पनि सुरक्षित छन्। वार्तासम्बन्धी कुराहरू पनि यस्तै माध्यमबाट भएका हुन्। डिजिटल सुरक्षा र प्रमाण सङ्कलनका लागि हामीले आवश्यक दस्तावेजीकरण...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश